अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दा हेर्दैमा

बिआरटीनेपाल २०७७ पुष २९ गते ७:१८ मा प्रकाशित

प्रतिनिधिसभा विघटनको मुद्दामा बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ । आज सर्वोच्चको संवैधानिक इजलासमा भएको बहस नसिकएको भन्दै सर्वोच्चले अर्को पेसी पर्सि शुक्रबारका लागि तोकेको हो । आज भएको सुनुवाइमा सरकारका कानुनी सल्लाहकार अग्नि खरेल र रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले बहस गरेका थिए ।

रिट निवेदक तर्फका थापाले यो मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने बहस गरेका थिए । सरकारका तर्फबाट खरेलले मुद्दालाई संवैधानिक इजलासले नै टुंग्याउनुपर्ने पक्षमा बहस गरेका थिए । आजको संवैधानिक इजलासमा सपना प्रधान मल्ल बाहेकका न्यायाधीश यस अघिकै दोहोरिएका थिए । हरिकृष्ण कार्कीको इजलास छाड्ने घोषणापछि उक्त ठाउँमा मल्ल आउनुभएको हो ।

प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा सहित विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी यसअघि पनि थिए । नेपालको संविधानको धारा १३७ मा संवैधानिक इजलासमा प्रधान न्यायाधीश सहित प्रधानन्यायधीशले तोकेका अन्य ४ न्यायधीश रहने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू