अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५३ | Colorodo: 12:08

८० प्रतिशतभन्दा बढी जापानी ओलम्पिक आयोजना गर्न नहुने पक्षमा

बिआरटीनेपाल २०७७ पुष २८ गते ७:०८ मा प्रकाशित

कोरानाको महामारी जारी रहेका बेला यस वर्षको टोकियो ओलम्पिक आयोजना हुने नहुनेमा अन्योल बढेको छ । आयोजक राष्ट्र जापानका ८० प्रतिशतभन्दा बढी सर्वसाधारणले ओलम्पिक आयोजना नगर्न सुझाव दिएसँगै प्रतियोगिता हुनेमा अन्योलता बढेको हो ।

सन् २०२० मै हुनुपर्ने ओलम्पिक कोरोना महामारीका कारण पछि धकेलिएको थियो । यो वर्षको जुलाईको अन्तिममा हुनुपर्ने तालिका रहेको ओलम्पिक फेरि पनि हुन्छ या हुन्छ भन्ने अन्योल कायमै छ । जापानमा दुई वटा एजेन्सीले गरेको सर्वेमा ८० प्रतिशत भन्दा बढी नागरिकले यो वर्ष पनि ओलम्पिक गर्न नहुने धारणा राखेका छन् ।

जापानीज न्यूज एजेन्सी क्योडो र टोकियो ब्रोडकास्टिङ सिस्टमले गरेको सर्वेमा जुलाई २३ तारिखबाट सुरु हुने प्रतियोगिता गर्न नहुनेमा अधिकांशले सहमति जनाएका छन् । पछिल्लो पटक जापानमा कोरोनाको संक्रमणदर फेरि बढेकाले कतिपय स्थानमा आपतकालिनको घोषणा गरिएको छ ।

यस्तैमा ओलम्पिक टर्च र्याली पनि एक महिनाका लागि स्थगित गरिएको छ । सरकारले टोकियो ओलम्पिक पूर्वघोषित तालिकाअनुसार नै हुने बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू