अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४० | Colorodo: 10:55

सत्ता हस्तान्तरण र नयाँ राजकुमार नियुक्तिको प्रक्रिया थाल्न ओमानी राजाको निर्देशन

बिआरटीनेपाल २०७७ पुष २८ गते ७:०० मा प्रकाशित

ओमनका सुल्तान हैथम बिन तारेकले सत्ता हस्तान्तरण र नयाँ राजकुमार नियुक्तिको प्रक्रिया थाल्न निर्देशन दिनुभएको छ । सुल्तानले आफ्ना उत्तराधिकारी नियुक्तिका लागि नयाँ कानुनी संयन्त्र तयार पार्न २ वटा शाही आदेश जारी गर्नुभएको छ ।

२०२१ मा गरिएको जारी शाही आदेशअनुसार नयाँ राजकुमारको शक्ति निर्धारणका लागि कानुन बनाउने र कानुनी शासनको सिद्धान्त तथा न्यायपालिकाको स्वतन्त्रतको सम्मान गर्दै शासन सञ्चालनको व्यवस्था मिलाउनुपर्छ । नागरिकको अधिकार र स्वतन्त्रतालाई अझ बलियो बनाउन र महिला पुरुषबीचको भेदभाव अन्त्य गर्नेलगायत विभिन्न सामाजिक हितका विषय समेट्न शाही आदेश आएको हो ।

नयाँ कानुनले सरकारको कामको प्रत्यक्ष निगरानी र अनुगमन गर्न विशेष संयन्त्र बनाउन पनि आदेश दिइएको समाचारमा जनाइएको छ । सरकारमा सहभागी अधिकारीहरुको प्रत्यक्षरुपमा कार्यसम्पादन मूल्यांकन गरिने र सुशासन कायम गरिने शाही आदेशमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू