अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 01:40

स्पोर्टस अवार्ड : वर्षको उत्कृष्ट टिम महिला भलिबल, युवा खेलाडी तामाङ

बिआरटीनेपाल २०७७ पुष २८ गते ६:१२ मा प्रकाशित

पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट टिम अवार्ड महिला भलिबल टिमले पाएको छ भने वर्ष युवा खेलाडी सुवास तामाङ बनेका छन् । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७६ को उत्कृष्ट टिममा महिला भलिबल र युवा खेलाडीमा तामाङ पर्न सफल भएका हुन् ।

त्यसैगरी उत्कृष्ट प्रशिक्षक अवार्ड तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक नविन श्रेष्ठले जितेका छन् । स्पेशल अवार्ड सन्ताेषी श्रेष्ठ र आयशा शाक्यले पाएका छन् ।

कोरोना भाइरसको जोखिमका कारण निर्धारित समयभन्दा ढिलो हुन लागेको अवार्डको १७ औँ संस्करण भर्चुअल रुपमा भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू