अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

चेल्सी, म्यान्चेस्टर सिटी र टोटनह्याम एफए कपको चौथो चरणमा प्रवेश

बिआरटीनेपाल २०७७ पुष २७ गते ७:४० मा प्रकाशित

प्रिमियर क्लबहरु चेल्सी, म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको तेस्रो चरणको खेलमा च्याम्पियनसिप क्लब बर्मीङ्घम सिटीलाई ३–० ले हराउँदै म्यान्चेस्टर सिटी चौथो चरणमा उक्लेको हो ।

एफए कपकै अर्को खेलमा लिग टु को मोरेक्याम्बेलाई ४–० ले हराउँदै चेल्सी चौथो चरणमा पुगेको छ । । गएराति भएको अर्को खेलमा मरिन एसोसिएसन फुबल क्लबलाई ५–० ले हराउँदै टोटनह्याम हट्सपर पनि चौथो चरणमा पुग्यो । गएराति नै भएको हर्को खेलमा लिड्स युनाइटेडलाई भने क्रले टाउन एफसीले ३–० ले पराजित गरेको छ ।

प्रतिक्रिया