अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४४ | Colorodo: 00:59

अमेरिकामा विश्वविद्यालय र अपार्टमेन्टमा अन्धाधुन्ध गोली प्रहार, ३ जनाको हत्या

बिआरटीनेपाल २०७७ पुष २७ गते ७:३९ मा प्रकाशित

अमेरिकाको शिकागोमा एक व्यक्तिले गोली प्रहार गरी ३ जनाको हत्या गरेका छन् । घटनामा ४ जना घाइते भएका छन् । शिकागो विश्वविद्यालयमा प्रवेश गरेका ती बन्दुकधारीले ३० वर्षिय एक छात्रको टाउकोमा गोली प्रहार गरेपछि एक अपार्टमेन्टमा प्रवेश गरी सुरक्षागार्डमाथि गोली प्रहार गरेका हुन् ।

सोही अपार्टमेन्टमा रहेकी एक महिलालाई गोली प्रहार गरेका ती व्यक्तिले एक पसलमा प्रवेश गरी गोली प्रहार गर्दा २० वर्षका एक व्यक्तिको मृत्यु भएको छ ।त्यस लगत्तै ती व्यक्तिले १५ वर्षकी किशोरीमाथि गोली प्रहार गरेको समाचारमा जनाइएको छ । अन्तिम पटक एक रेष्टुराँमा प्रवेश गरी एक महिलाको गोली हानी हत्या गरेको ती ब्यक्तिको प्रहरीको जवाफी कारवाहीमा मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू