अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०३ | Colorodo: 22:18

सन् २०२१ मा टोकियो ओलम्पिक सर्ने सम्भावना

बिआरटीनेपाल २०७७ पुष २५ गते ८:११ मा प्रकाशित

सन् २०२१ मा जापानमा सुरु हुने भनिएको टोकियो ओलम्पिक ढिलाइ हुने भएको छ ।जापान सरकारले जुलाइमा प्रतियोगिता सुरु गर्ने यसअघि नै घोषणा गरेपनि जानपानमा कोराना महामारी बढेसँगै लगाइएका प्रतिवन्दका कारण प्रतियोगिता सुरु गर्न ढिलाइ हुने भएको हो ।

प्रधानमन्त्री योसिहिदा सुगाले तोकिएको समयमै ओलम्पिक प्रतियोगिता सञ्चालन गर्ने प्रतिवद्धता जनाएपनि कोरोनाको संक्रमण जारी रहेकाले प्रतियोगिता सर्ने सम्भावना रहेको अधिकारीहरुले जनाएका छन् ।विश्व खेलकुदको यो कुम्भमेला यसअघि गत वर्ष २०२० को २४ जुलाईदेखि ९ अगस्तसम्म हुने तय भएको थियो ।तर विश्वव्यापी कोरोना भाइरस महामारीका कारण गत मार्चमा यो ओलम्पिक स्थगित गरि २०२१ मा सारिएको थियो ।

तर हाल पनि आयोजक राष्ट्र जापानसहित अन्य देशहरुमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि आउँदो जुलाई २३ देखि ८ अगस्तसम्म हुने भनिएको प्रतियोगिता पनि फेरि अनिश्चित बनेको छ ।

प्रतिक्रिया