अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

लिभरपुल चौथो चरणमा प्रवेश

बिआरटीनेपाल २०७७ पुष २५ गते ८:०९ मा प्रकाशित

लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।गएराति भएको खेलमा एष्टन भिल्लामाथि ४–१ गोलअन्तरको जित निकालेर लिभरपुल अघिल्लो चरणमा प्रवेश गरेको हो ।अवे मैदानमा भएको खेलमा लिभरपुलले पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल गरेको हो ।

उसका लागि साडिओ मानेले चौथो र ६३ औँ मिनेटमा गोल गरे ।यस्तै जर्जिनिओ विनाल्डमले ६० औँ तथा मोहम्मद सालहले ६५ औँ मिनेटमा गोल गरे ।एस्टन भिल्लाका लागि १७ वर्षे किशोर लुई ब्यारीले ४१ औँ मिनेटमा एक गोल फर्काएका थिए ।

अर्को खेलमा क्रिष्टल प्यालेसलाई १–० ले पराजित गरेको वुल्भ्स पनि चौथो चरणमा प्रवेश गरेको छ । कोरोनाका कारण अधिकांश खेलाडी आइसोलेसनमा रहेकाले एष्टन भिल्लाले नयाँ अनुहारलाई मैदानमा उतारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू