अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

ला लिगा – बार्सिलोना र ग्रानडा भिड्दै

बिआरटीनेपाल २०७७ पुष २५ गते ७:३३ मा प्रकाशित

स्पेनिस ला लिगा फुटबलमा शनिबार बार्सिलोनाले ग्रानडासँग प्रतिस्पर्धा गर्दैछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति ११ः१५ बजे ग्रानडाको घरेलु मैदानमा हुनेछ ।ग्रानडाको मैदानमा बार्सिलोना सहज जित निकाल्ने लक्ष्यमा हुनेछ । बार्सिलोना जित निकाल्दै लिगको शीर्ष तीनमा उक्लन चाहन्छ । बार्सिलोना ३१ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ ।

ग्रानडा २४ अंक जोडेर सातौं स्थानमा रहेको छ । ला लिगा अन्तर्गत नै शीर्ष स्थानको एट्लेटिको मड्रिडले एथ्लेटिक बिल्बाओसँग खेल्नेछ । त्यस्तै सेभियाले रियल सोसिडाडसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू