अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१३ | Colorodo: 17:28

तातोपानी नाका बन्द गर्ने चीनको तयारी

बिआरटीनेपाल २०७७ पुष २४ गते ८:३० मा प्रकाशित

नेपाल चीन बिचको प्रमुख तातोपानी नाका फेरि बन्द हुने भएको छ । भूकम्पपछि अस्थिर रहेको यो नाका जोड्ने मितेरी पुलमा क्षति पुगेकाले फेरि बन्द हुन लागेको हो ।भोटेकोशी नदिमा बर्खाको बाढीका कारण पुलको जगमा क्षति पुगेको छ । पुल मर्मत नगरे दुर्घटना निम्तिन सक्ने सम्भावित खतरा भएकाले जाङ्बु प्रशासनले नाका बन्द गर्ने भएको हो । पुल मर्मतका लागि कम्तीमा २० दिन लाग्नेछ ।

पुल मर्मतका लागि आँउँदो २० जनवरीदेखि नाका बन्द गरिनेछ । बाढीले मितेरी पुल जगको दायाँबायाँ क्षति पु¥याएकाले मर्मतका लागि नाका बन्द गरिने जानकारी जाङ्मुपोर्ट म्यानेजमेन्ट कमिटीले व्यापारिक संघसंस्था र कम्पनीलाई सूचित गरेको छ । यो जानकारी भने तातोपानी भन्सारलाई अझै आधिकारिक खबर छैन ।

तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले पुल बनाउने कुरा सुन्नमा आए पनि नाका बन्द हुनेबारे आधिकारिक खबर नपाएको बताउाु भयो । यो दुई देशबीचको सीमाक्षेत्र भएकाले हामीसँग पनि छलफल गरेर मर्मत गर्नुपर्ने खत्रीको तर्क छ । वर्ष दिनदेखि खासा र न्यालम क्षेत्रमा थुप्रिएका पुराना सामान नेपाल पठाएपछि पुल मर्मत गर्ने खासा प्रशासनको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू