अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

तोलामा १ हजार ३ सयले घट्यो सुनको मूल्य

बिआरटीनेपाल २०७७ पुष २३ गते ८:३६ मा प्रकाशित

स्थानीय बजारमा पहेलो धातुको मूल्य बिहीवार प्रतितोला एक हजार ३ सयले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघ आजका लागि छापावाला सुन प्रतितोला ९५ हजार ४ सयमा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो बुधबारका तुलनामा एक हजार ३ सयले कम हो । छापावाला सुन बुधबार प्रतितोला ९६ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ९ सयमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । बुधबार तोलामा ९६ हजार २ सयमा कारोबार भएको थियो । तेजाबी सुन बुधवारका तुलनामा बिहीवार तोलामा नै एक हजार ३ सयले घटेको छ । यस्तै, चाँदी भने तोलामा १० ले मात्रै ओरालो लागेको छ । प्रतितोला एक हजार ३ सय ४० मा बुधबार कारोवार भएको चाँदी विहीवार भने एक हजार ३ सय ३० मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया