अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३५ | Colorodo: 09:50

चन्द्रमामा फोरजी इन्टरनेट विस्तार गर्दै नासा, जडानको जिम्मा नोकियालाई

बिआरटीनेपाल २०७७ पुष २३ गते ८:३५ मा प्रकाशित

अमेरिकी अन्तरिक्ष संस्था नासाले पृथ्वीको फोरजीलाई नै चुनौती दिएर चन्द्रमामा फोरजी सेवा विस्तार गर्ने भएको छ। नासाले चन्द्रमामा विस्तार हुने यो फोरजी एलटीइ नेटवर्को जिम्मा चर्चित मोबाइल कम्पनी नोकियालाई दिएको छ जसले सन् २०२२ सम्ममा चन्द्रमामा फोरजी सेवा प्रारम्भ गरिसक्ने छ। चन्द्रमामा फोरजी नेटवर्क विस्तार गर्न नासाले नोकियासँग १ करोड ४१ लाख डलरको आर्टेमिस कार्यक्रम अन्तर्गत सम्झौता गरिसकेको छ।

यसका साथै चन्द्रमा सतहमा पनि मानवजातीको दिगो उपस्थितिका लागि नोकियाको बेल ल्याबले चन्द्रामामा पहिलो एलटीईर फोरजी कम्युनिकेसन सिस्टम विस्तार गर्ने काम सुरु गरिसकेको छ। नोकिया बेल ल्याबका अनुसार पानोनर इनोभेसनले सन् २०२२ को अन्त्यसम्ममा चन्द्रमाको सतहमा पहिलो पटक अल्ट्रा कम्प्याक्ट, लो पावर, स्पेस हार्ड र एण्ड टु एण्ड एलटीई सोल्युसन स्थापना गर्नेछ। जसले टेलिमेट्री तथा बायोमेट्रीक डेटा एक्सचेञ्ज, रोभर्स तथा अन्य रोबोटिक उपकरण जडान गर्न र त्यसलाई रिमोट कन्ट्रोलको सहायताले चलाउन समेत यसले मद्दत गर्ने दाबी गरिएको छ।

यस्तै नोकियाले चन्द्रमामा लञ्चिङ तथा ल्याण्डिङको विषम परिस्थितिको सामना गर्नका लागि सक्षम हुने गरी नेटवर्कको डिजाइन गरिएको उल्लेख गरेको छ। जसमा कडा आकार, विद्युतको अभाव पूरा गर्नका लागि कम्प्याक्ट तयार पारिनेछ र फाइभजीको साटो फोरजी तथा एलटीई नेटवर्कको मद्दत चलाइनेछ।
नोकियाका बेल ल्याबका प्रमुख मार्कस वेलडनले भनेका छन्, ‘ हामीले चन्द्रमाको सतहमा पहिलो पटक पृथ्वीको फोरजी नेटवर्कलाई जोड्दैछौ। जसले चन्द्रमामा पनि मानवीयताको उपस्थित दीगो र बलियो रहोस्। यतिमात्रै नभएर हामीले यस नेटवर्कमार्फत ब्रह्माण्डमा रहेको माइक्रोवेभ रहस्य र रेडिएशनसँगै बिगब्याङबारे पत्ता लगाउन मद्दत पुग्नेछ। साथै चन्द्रमामा तीव्र गतिको फोरजी पनि चलाउन सकिनेछ। किनभने प्रविधिले विगत एक दशकमा विश्वभर विश्वसनीयता आर्जन गरिसकेको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू