अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

संगीतकर्मीहरुद्धारा सृजना फिर्ता सहजकिरणका लागि प्रहरीमा अपील

बिआरटीनेपाल २०७७ पुष २३ गते ८:२७ मा प्रकाशित

नेपाली सांगीतिक क्षेत्रका श्रष्टाहरुले आफ्ना सृजनाहरु फिर्ताको मागमा सहजीकरण गरिदिन प्रहरीमा निवेदन दिएका छन् । सांगीतिक फाँटका क्रियाशील ५७ जना सर्जकले आज महानगरीय प्रहरी परिसर, टेकुमा ध्यानाकर्षणसहितको एउटा अपील दर्ता गरेका हुन् । । गत पुस १३ गतेको मितिमा दर्ता गरिएको उक्त अपीलमा ५७ जना श्रष्टाहरुले हस्ताक्षर गरेका छन् ।

प्रहरीलाई गरिएको अपीलमा श्रष्टा, प्रस्तोताहरुले आफ्ना विगतमा सृजना, आफैंद्वारा लगानी गरिएका तथा आफैंमा प्रतिलिपि अधिकार रहेका उत्पादनलाई जति श्रृंजनाहरुलाईआफैंमा फिर्ता लिने अभियान चलाएको उल्लेख गरिएको छ । पछिल्लो समय गायक तथा संगीतकार प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीबीच गीत तथा संगीत सृजना फिर्ताको बिषयलाई लिएर उत्पन्न भएको विवादप्रति लक्षित गर्दै संगीतकर्मीहरुले उक्त विवादमा सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

सञ्चालक रेग्मीसंग गायक खरेलले आफ्ना श्रृजनाहरु नियम अनुसार फिर्ता मागेको अवस्थामा सद्भावपूर्ण अनुरोधलाई बेवास्ता गरी रेग्मी पक्षबाट गाली गलौच र अपमानपूर्ण अभिव्यक्ति र अन्यायपूर्ण व्यवहार आएकोप्रति आफुहरुको ध्यानाकर्षण भएको उनीहरुले जनाएका छन् ।

उक्त अपीलमा हस्ताक्षर गर्नेहरुमा संगीतकार लक्ष्मण शेष, गायक राजेशपायल राई, शिव परियार, गायक तथा संगीतकार सत्यराज आचार्य, गायिका ईन्दिरा जोशी लगायतका पुराना र नयाँ संगीतकर्मीहरु रहेका छन् ।

प्रतिक्रिया