अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३६ | Colorodo: 09:51

नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा समेटिने विश्व बैंकको प्रक्षेपण

बिआरटीनेपाल २०७७ पुष २२ गते ७:२१ मा प्रकाशित

चालु आर्थिक वर्ष २०७७/०७८ मा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने भएको छ । कोरोना भाइरसको महामारीबाट प्रभावित चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै रहने प्रक्षेपण विश्व बैंकले सार्वजनिक गरेको हो ।

गत चैतमा पनि विश्व बैंकले यस आवमा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । मंगलबार सन् २०२१ को पहिलो प्रतिवेदन ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ सार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो । सरकारले भने चालु आर्थिक वर्षमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर कायम हुने दाबी बजेटमार्फत गरेको छ ।

विश्व बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा आर्थिक वृद्धिदर ०.२ प्रतिशत कायम रहने अनुमान गरेको छ । यो आािर्थ वर्षंको आर्थिक वृद्धिदरबारे प्रतिवेदन भने सरकारले सार्वजनिक गरिसकेको छैन । विश्व बैंकका अनुसार दक्षिण एसियाली क्षेत्रमा यस वर्ष सबैभन्दा गहिरो आर्थिक क्षति भारतले बेहोर्दैछ । यस आर्थिक वर्ष भारतको आर्थिक वृद्धिदर ९.६ प्रतिशतले नकारात्मक रहने उसको प्रक्षेपण छ ।

बंगलादेशको आर्थिक वृद्धिसमेत नकारात्मक रहने तथ्याङ्क विश्व बैंकको छ । सबैभन्दा उच्च आर्थिक वृद्धिदर भने माल्दिभ्सले हासिल गर्नेछ । माल्दिभ्सको ९.५ प्रतिशतको आर्थिक वृद्धिदर रहने भएको छ । पर्यटनमा आधारित अर्थतन्त्र रहेको माल्दिभ्सले पर्यटक आगमन खुला गरिसकेको छ । समग्र दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर भने ६.७ प्रतिशत रहने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू