अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२५ | Colorodo: 05:40

गायक केशव रिजाललाई रिनाले धोका दिइन्

बिआरटीनेपाल २०७७ पुष २० गते ७:२४ मा प्रकाशित

पर्वतको कुस्मा नगरपालिका १ पाङमा जन्मिएर हाल अमेरिकाको क्यालिफोर्नियामा रहेका गायक एवम् सर्जक केशव रिजालको नयाँ गीत नौ जाले माया सार्वजनिक भयको हो । उक्त गीतमा गायक केशव रिजाल र गायिका रिना केसिको आवाज रहेको छ भने गीतको लय शब्द स्वयम् गायक रिजालले गरेका छन् ।

यता गीतको म्युजिक भिडियोमा भने अहिलेका व्यस्त मोडल महेन्द्र गौतम र करिश्मा ढकाल र देवेन्द्र क्षेत्री लाई देख्न सकिन्छ गीतको निर्देशन तथा छायाङ्कन भने दुर्गा पौडेलले गरेका छन्। गीत युट्युबमा सार्वजनिक भय सँगै गायक रिजालले भने यो गीतले आफ्नो गायक बन्ने सपना पूरा भयको र सँगै दर्शक श्रोताको मन जित्नेमा आफू विश्वस्त रहेको बताए! यस अगाडि पनि गायक रिजालले थुप्रै गीतहरू बजारमा ल्याएका थिए जस्तै: हिमालको काखाबाट सेती बगे सानु, ओबामाको देश, दसैँ गीत धानको बाला कोदाको कपनी लगायत अन्य सृजना हरू दर्शक सामु पस्की सकेका छन् । हेरौँ यो गीतले कतिको सफलता पाउँछ हाम्रो तर्फबाट शुभकामना छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू