अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 00:04

न्यून आय भएका सबै मुलुकमा खोप पुर्याउँछौं – डब्लूएचओ

बिआरटीनेपाल २०७७ पुष १६ गते ७:४१ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले न्यून आय भएका सबै मुलुकमा खोप पु¥याउने प्रतिबद्धता जनाएको छ। डब्लूएचओका महानिर्देशक डा टेड्रोस अडानोम गेब्रियससले बुधबार नयाँ वर्षको शुभकामना दिँदै न्यून आय भएका सबै मुलुकहरु खोप कार्यक्रमबाट वञ्चित हुन नपर्ने बताउनुभएको हो ।

डब्लूएचओको कोभ्याक्स कार्यक्रमका लागि डब्लूएचओले चार अर्ब अमेरिकी डलरको जोहो गरेको उहाँले बताउनुभयो । कोभ्याक्स कार्यक्रमअन्तर्गत् विश्व स्वास्थ्य संगठनले न्यून आय भएका देशहरुका लागि दुई अर्ब डोज खोप सहुलियतमा प्रदान गर्ने समेत बताउनुभयो ।

नयाँ वर्ष सन् २०२१ को भर्चुअल शुभकाना दिँदै गेब्रियससले खोप नआएसम्म विशेष स्वास्थ्य सतर्कता अपनाउन तथा स्वास्थ्य क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू