अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

कोलोराडोमा कोभिड-१९ को नयाँ प्रकार पाइएको पुष्टि

बिआरटीनेपाल २०७७ पुष १५ गते १२:१७ मा प्रकाशित

कोलोराडोमा कोरोनाभाइरसको नयाँ प्रकार पनि देखिएको छ । उक्त नयाँ प्रकारको भाइरस “भेरिअन्ट” तीव्र गतिमा फैलिन सक्ने भनिएको छ । उक्त भाइरस युकेमा पहिलो पटक भेटिएको भनिएको हो । २० वर्षका एक युवा जो बिरामी परेका थिए हाल उनी कोलोराडोको एल्ब्रट काउन्टीमा आइसोलेसनमा छन् । कोलोराडो राज्यका अधिकारीहरूले आफूहरू उनले भेटघाट गरेकाहरूको खोजीमा लागेको र नयाँ प्रकारको अन्य सम्भावित सङ्क्रमण पहिचान गर्न लागिपरेको बताएका छन् । उक्त कुराको जानकारी कोलोराडोका गभर्नर जेरिड पोलिसले कोरोना सम्बन्धी अपडेट दिने क्रममा बताएका हुन ।

एल्बर्ट काउन्टीमा दोस्रो सम्भावित भेरीएन्ट केस पनि छ । कन्फर्म केस र सम्भावित केस दुवै राष्ट्रिय गार्डका कर्मचारी हुन् जो सिम्लाको एक सहयोगी आवास सुविधामा कार्यरत छन् । उनीहरू डिसेम्बर २३ मा मात्र कोलोराडो आइपुगेका थिए ।

हालसम्म उक्त नयाँ भाइरस भेटिएको थुप्रै देशले पुष्टि गरिसकेका छन् जसअनुसार जापान, स्पेन, भारत, क्यानडा, स्विडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोनाभाइरस भेटिएको छ भने गत साता अमेरिकी स्वास्थ्य अधिकारीहरूले उक्त नयाँ भाइरस अमेरिकामा आइसकेको हुनसक्ने विश्वास गरेको बताएका थिए ।

यो नयाँ प्रकारको कोरोनाभाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन् । साथै विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्ध पनि उत्तिकै प्रभावकारी हुने ठानिएका छन् ।

स्रोत: बिबिसी/फक्स३१ (File Photo)

प्रतिक्रिया