अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

नयाँ किसिमको कोरोना कति खतरनाक ?

बिआरटीनेपाल २०७७ पुष १५ गते ७:१५ मा प्रकाशित

बेलायती वैज्ञानिकहरूले नयाँ किसिमको कोरोना भाइरसबारे अनुसन्धान गरेका छन् । अनुसन्धानले नयाँ किसिमको भाइरसबाट हुने समस्या पूरानोको तुलनामा गम्भीर नरहेको निष्कर्ष निकालेको छ । पब्लिक हेल्थ इङ्ल्याण्डले गरेको अनुसन्धानले नयाँ किसिमको भाइरस एकदमै छिटो फैलिने भए पनि त्यसमा पुरानो भाइरसमा भएजस्तै गुणहरू भएको पाइएको जनाएको छ ।

नयाँ अनुसन्धानमा वैज्ञानिकहरूले नयाँ प्रकारको कोरोना संक्रमण भएका १ हजार ७ सय मानिसमा अध्ययन गरेका थिए । वैज्ञानिकहरूले नयाँ र पुरानो कोरोना भाइरस संक्रमितहरूलाई अस्पतालमा भर्ना गराउने दरमा खासै फरक नआएको जानकारी दिए । नयाँ भाइरसले पुराना भाइरसले जति नै मानिसहरूमा गम्भीर असर पु¥याएको अनुसन्धानको निष्कर्ष छ ।

यद्यपि नयाँ किसिमको भाइरस एकदमै तीब्र रूपमा फैलिएको भने स्वीकार गरेका छन् । त्यसैले पनि पछिल्ला केही दिनमा बेलायतमा कोरोना संक्रमितहरूको संख्यामा व्यापक वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा बेलायतमा अहिलेसम्मकै धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यहाँ पछिल्लो २४ घण्टामा ५३ हजार जनामा कोरोना भाइरस देखिएको छ भने ४ सय १४ जनाको मृत्यु भएको छ ।

डिसेम्बरको दोश्रो हप्ता बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि विश्वका अधिकांश देशले बेलायतबाट आवतजावतमा प्रतिबन्ध लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू