अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३३ | Colorodo: 21:48

प्रतिनिधि सभाको चुनाव गर्नु पहिलो प्राथमिकता – मन्त्री साह

बिआरटीनेपाल २०७७ पुष १२ गते ८:२२ मा प्रकाशित

नवनियुक्त सहरी विकासमन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा चुनाव गर्नु रहेको बताउनुभएको छ । आइतबार सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको चुनाव गर्नु रहेको बताउनुभएको हो ।

सहरी विकास मन्त्रालयले पनि चुनाव केन्द्रित काम गर्ने उहाँले बताउनुभयो । यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रूपमा अगाडि बढाउने उहाँको भनाइ छ ।

सरकारको मुख्य कार्यभार चुनाव प्रभावकारी बनाउनु भएकोले तोकिएकै समयमा निष्पक्ष रूपमा चुनावमा केन्द्रित हुने मन्त्री साहले बताउनुभयो । मन्त्री साहले मन्त्रालयले विकासको कामलाई प्रभावकारी बनाउने पनि बताउनुभयो । कोरोना महामारी फैलिइरहेको अवस्थामा कोरोना महामारीबाट नेपाललाई अझै सुरक्षित गर्न थप सजगता अपनाउने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू