अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३५ | Colorodo: 05:50

केशवको “चौतारीमा बसौंन पियारी” सार्वजनिक

बिआरटीनेपाल २०७७ पुष ११ गते २१:२७ मा प्रकाशित

नेपाली साङ्गीतिक आकाशमा एउटा नयाँ सृजना भर्खरै उदाएको छ । बिदेसिएर पनि नेपाल गीत सङ्गीतमा लाग्ने कालाकारहरू छन् तर कम छन् । त्यस मध्य एक हुन् केशव दाहाल । दशक भन्दा बढी विदेशमा रहे पनि विभिन्न अवसरमा विभिन्न माध्यमबाट सङ्गीतको सुर पस्किने गरिरहेका छन् उनी । अध्ययन गर्ने क्रममा सङ्गीत नै मुख्य विषय बनाएका ले पनि होला स्वरमा निखारता र मिठास सजिलै देखिन सकिन्छ ।

अमेरिका बसेर विभिन्न स्टेज कार्यक्रममा मनोरञ्जन दिने केशव सामाजिक सञ्जालमा पनि छाएका छन् । आधुनिक गायनमा बढी रुचि भए पनि लोक गीत र प्यारोडी गायनमा उन्को आवाज जमेको देखिन्छ । उन्को पहिलो गीत “बैँसमा लाको पिरती” निक्कै चर्चित भयो । धेरैले मन पराइएको सो गीत उन्को सार्वजनिक भएको पहिलो गीत थियो । अहिले नेपालमा नयाँ पुस्तामा एक छत्र राज गरेकी गायिका मेनुला राईसँग उनले गाएको यो नयाँ गीत “चौतारीमा बसौंन पियारी” यहाँहरूको मनको चौतारीमा कत्तिको बस्छ त्यो हेर्न बाँकी छ ।

आफ्नै यूटूव च्यानल “के एस डी” बाट सर्बजिनिक गरिएको सो गीतको सङ्गीत भने नेपालका ख्याति प्राप्त सङ्गीतकार राजन राज सिवाकोटीले गर्नु भएको छ । गीतको शब्द रचना डा. राजु बाबु श्रेष्ठले गर्नु भएको छ भने निरञ्जन र एलिशाले मोडलिङ छन् । पूर्व ताप्लेजुङमा जन्मेर काठमाडौँ हुँदै अमेरिका आइपुगेका केशवको आफ्नै सङ्गीत र राजेश पायल राईको स्वरमा अत्यन्त मार्मिक गीत बजारमा आउने तयारीमा रहेको समेत गायक दाहालले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू