अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०४ | Colorodo: 09:19

चर्चित गायिका भूमिका गिरीको “चोली मैलै भो” सार्वजनिक

बिआरटीनेपाल २०७७ पुष ११ गते २०:१० मा प्रकाशित

चर्चित गायिका भूमिका गिरी र गायक प्रकाश दुतराजको स्वरमा रहेको गीत “चोली मैलै भो” बोलको गीत भर्खरै सार्वजनिक भएको छ । यस गीतको भिडियोमा भूमिका गिरी र प्रकाश दुतराजको अभिनय रहेको देखन सकिन्छ । विद्यार्थी जीवनमा स्कुलमा हुने र गरिने माया प्रेमलाई समेटेर चित्रण गरिएको देखन सकिग्छ । पछिल्लो समय धेरै नै चर्चामा रहेको गीत ”बुट्टा भरेको” अपार सफलता पछि गायिका भूमिका गिरीले आफ्नो अफिसियल युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरेकी छिन ।

यस गीतको शब्द र सँगीत प्रकाश दुतराजले नै गरेका छन् भने छायाङ्कन करण चैसिरले गरेका छन् । निर्देशन प्रकाश धमलाले गरेका हुन् । पछिल्लो समयका निकै व्यस्त सम्पादक नवीन घर्तिमगरले भिडियोलाई सम्पादन तथा कलररिङ गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू