अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

गोपालको शब्द, स्वरूपको स्वरमा ‘चोरी सुटुक्क मन’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७७ पुष ८ गते ८:२७ मा प्रकाशित

काठमाडौँ– गम्भीर बिस्ट र ऋचा थापा फिचर्ड गायक स्वरूप राज आचार्य र गायिका मिलन नेवारको युगल गायनमा समावेश ‘चोरी सुटुक्क मन’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुगम सङ्गीतमा आधारित यस गीतलाई वरिष्ठ शम्भुजित बास्कोटाले संगीतवद्द गरेका हुन्। गीतमा गोपाल प्याकुरेलको शब्द रहेको छ। यस गीतलाई मनोहर सुनामले सङ्गीत संयोजन गरेका हुन्।

प्रेम सम्बन्धमा आउने उतार चढावलाई म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ। सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई लु.ज. सिंहले छायाङ्कन गरेका हुन्। भिडियोमा सुनिल थापाको सम्पादन रहेको छ। मिना भट्टराई उत्पादक रहेको यस भिडियोलाई गजित बिस्टको निर्देशनमा तयार पारिएको हो।

VIDEO LINK:

प्रतिक्रिया