अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५८ | Colorodo: 11:13

पहिलो चोटि अमेरिकामा विवाह पञ्चमी महोत्सव सम्पन्न

बिआरटीनेपाल २०७७ पुष ६ गते ९:१८ मा प्रकाशित

न्युयोर्क, अमेरिकामा पहिलो मिथिला समुदाय र संस्कृति केन्द्रको स्थापना मिथिला सेन्टर अमेरिका द्वारा अमेरिकामा पहिलो पटक ऐतिहासिक विवाह पञ्चमी महोत्सव भव्य समारोहका बिच सफलतापूर्वक सम्पन्न भएको छ ।

भगवान् राम र सीताको विवाहको स्मरणमा विवाह पञ्चमी जनकपुरधाममा विशेष रूपले मनाइए पनि अमेरिकामा पनि पहिलो चोटि मनाइएको हो। हजारौँ वर्ष अघि आयोजित भगवान् राम र देवी सीताको विवाह समारोहको स्मरणमा मनाइने विवाह पञ्चमी उत्सवले जीवनमा धेरै कठिनाइ भोग्नु परे पनि अटल मानव बन्धनको प्रतीक रहेको भन्दै उत्सव मनाइएको हो ।

यो पवित्र अवसर सांस्कृतिक मूल्य शताब्दीयौं पुस्तासम्म परिवारको रूपमा रहन्छ, दुई व्यक्तिको मात्र नभई , समाज र देशहरूको पनि रहेको औँल्याइएको हो । यस शुभ अवसरले जाति, धर्म, रङ्ग, लिङ्गको पर्बाह नगरी मानवता, समानता र एक अर्कालाई सम्मानका आधारमा समाजमा परिवार र सम्बन्धको यस्तो मूल्य बढाएको आयोजकले जनाएको छ । त्यस कारण हामीले भगवान् राम (अयोध्या, भारत) र देवी सीता (जनकपुरधाम, प्राचीन मिथिला राज्यको राजधानी, नेपाल) को अनन्त विवाहको स्मरणार्थले त्यस्ता संस्कार मूल्यलाई प्रवर्धन गर्ने प्रयास गरेका उनीहरूले जनाएको छ । विश्वभरका सयौँ हजारौँ व्यक्तिहरू, प्रायः भारतका, जनकपुरधामको राम जानकी मन्दिरको यो शुभ अवसरमा तीर्थयात्रा गर्छन्, जुन यूनेस्को विश्व सांस्कृतिक विरासत स्थलको अस्थायी सूचीमा छ ।

‘कोभिड–१९ महामारीको कारण हामी केही महिनाको लागि असामान्य अनौठो समयको लागि बाँचिरहेका छौँ । हामी दृढ विश्वास गर्दछौँ कि यस शुभ अवसरको उत्सवले हाम्रो पिर र पीडा कम गर्नमा सहयोग पुराउँदैन तर हाम्रो समुदायलाई शान्ति र समृद्धिको आशाका साथ शिष्टाचार, धैर्य र सौहार्दको शक्ति र सामर्थ्यको साथ ल्याउँदछ –उनीहरू बताउँछन् । यस विवाह पञ्चमी महोत्सव अमेरिका कार्यक्रममा जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरमा आयोजित विवाह पञ्चमी समारोहको प्रत्यक्ष प्रसारण, सार्वजनिक स्वास्थ्य सुरक्षा र सामाजिक दूरीका लागि एनवाइसीले दिइएको दिशा निर्देशन अनुरूप हिन्दु केन्द्र मन्दिरमा प्रार्थना समारोह समावेश गरिएको थियो ।

नेपाल, भारत र संयुक्त राज्य अमेरिकाका प्रतिनिधि एवम् समाजका प्रतिष्ठित महानुभावहरूको अनलाइन मार्फत उपस्थिति र सम्बोधन एवम् शुभकामना आदान प्रदान गरेपछि नेपाल, भारत र अमेरिका कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । युएनका पूर्व वरिष्ठ अधिकारी नबल यादवले सञ्चालन गरेको यस विशेष भव्य कार्यक्रममा संस्थापक एवम् आयोजक अमित साहले जनाए अनुसार युएसएमा पहिलो मिथिला सामुदायिक र सांस्कृतिक केन्द्रको स्थापनाकोलागि समेत काम अगाडी बढी सकेको र यस महत्त्वपूर्ण कार्य सम्पन्न गर्नकालागि नेपाल, भारत मुलुकका सामुदायिक व्यक्तित्वहरू एवम् अमेरिका सरकारका प्रतिनिधिहरूले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गारिएकोछ। आयोजकले सबै विशिष्ट अतिथि र वक्ताहरू, प्रदर्शनकर्ताहरू, स्वयंसेवकहरू, आयोजक टोलीका सदस्यहरू र सबै अन्य सरोकारवालाहरूलाई यस ऐतिहासिक कार्यक्रमलाई सफल बनाउन सहयोग र सहभागिताका लागि हार्दिक आभार व्यक्त गरेका छन् ।

विवाह पञ्चमी महोत्सव अमेरिकाका आयोजक एवम् मिथिला सेन्टर अमेरिकाका संस्थापक अध्यक्ष अमित शाहले भने–‘ हामी दृढ विश्वास गर्दछौँ कि तपाईँको निरन्तर सहयोग र सहभागिताले हामीलाई मानवताको त्यस्तो सांस्कृतिक मूल्यमान्यतालाई प्रवर्धन गर्ने यस्ता कार्यक्रमको आयोजना गरी रहन प्रेरित गर्नुको साथै विश्वका लाखौँ लाख मानिसहरूलाई उनीहरूको संस्कृति सम्पदा र परम्पराको प्रवर्द्धन र संरक्षण गर्न प्रोत्साहित गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू