अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

बिना अनुमति गीत कभर गरियो, पीडित पक्ष भन्छ “हामी कानुनी प्रक्रिया जान्छौँ”

बिआरटीनेपाल २०७७ पुष ६ गते ८:४४ मा प्रकाशित

नेपाली साङ्गीतिक आकाशमा हिट गीतहरूको कभर भिडियो बन्ने क्रम चलिनै रहेको छ , तर हिट गीतको कभर भिडियो अथवा अडियो बनाउँदा गीतको वास्तविक सर्जक अथवा गीतको एकाधिकार भएको कम्पनीलाई जानकारी गराई श्रोत र सौजन्य साभार गर्नु पर्ने हुन्छ । तर केही दिन अघि सार्वजनिक भएको ट्रि ईन्टरटेनमेन्ट द्वारा निर्माण गरिएको निर्देशक दीपेश सापकोटा निर्देशित “आकाशैको छाना मुनि…” बोलको गीत सर्जकलाई बिना जानकारी गराई निर्माण गरेकोले आफूलाई घाटा लागेको बताए “आकाशैको छाना मुनि…” का सर्जक तथा निर्माता ट्रि ईन्टरटेनमेन्टले ।

गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वर रहेको गीतलाई निर्माण कम्पनीले ठुलै लागतमा निर्माण गरिएको थियो। हामीले हाम्रो यस गीतलाई फरक तरिकाले प्रेजेन्टेसन गरेका थियौ तर स्मारिका स्मारिका ढकाल युट्युब च्यानलले भिडियो निर्माण गरेर सार्वजनिक गरेको छ। स्मारिका स्मारिका ढकाल युट्युब च्यानलले बिना अनुमित कभर भिडियो निर्माण गरेर अपलोड गरेको ट्रि ईन्टरटेनमेन्टले बताएको छ । ट्रि ईन्टरटेनमेन्टले आफ्नो एकाधिकार भएको गीत अन्यले प्रयोग गरेको थाहा पाएपछि कानुनी उपचारमा लाग्ने बताएको छ ।

स्मरण रहोस् प्रतिलिपि ऐन अनुसार यस्तो कार्य गर्ने गराउने लाई कडा कारबाही र जरिवानाको प्रावधान रहेको छ। हाल कभर भिडियो निर्माणको क्रमले गर्दा असली स्रष्टा र सर्जक धेरै नै घाटा पर्ने गरेको छ । यस्तो खालको घटना दैनिक जस्तो संगितक रोयल्टी समाज, सङ्गीतकर्मी सङ्घ र गीत सङ्गीतको क्षेत्रमा क्रियाशील अन्य निकायहरूमा उजुरी पर्ने गरेको छ। पटक पटक हुने स्रष्टा माथिको यस्तो प्रहारले संगितिक क्षेत्रमा व्यावसायिक रूपमा लाग्नहरूलाई निरुत्साहित पार्नुका साथै नेपाली सङ्गीतमै लाग्न चाहनेहरूमा नैराश्य छाउने छ।

प्रतिक्रिया