अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

‘फेसबुक क्वीन’ यादव पक्राउ

बिआरटीनेपाल २०७७ पुष ३ गते ८:२८ मा प्रकाशित

भारतमा ‘फेसबुक क्वीन’को रूपले परिचित किरण यादव पक्राउ परेकी छन् । हिन्दु देवीदेवताको बारेमा अभद्र टिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । धार्मिक भावना भड्काउले पोस्ट गरेको आरोपमा उनलाई बिहीबार साँझ पक्राउ गरिएको हो ।

उनले केही दिन अघि मात्र एक भिडियोमा भगवान राम, सीता र राजपुुत समुदायको बारेमा अभद्र भाषामा टिप्पणी गरेकी थिइन् । उनीविरुद्ध धार्मिक, साम्प्रदायिक एवं जातिगत सौहार्दतालाई बिगार्ने उद्देश्यले भिडियो बनाएको आरोपमा उजुरी परेको थियो । उजुरीलगत्तै बिहार प्रहरीले उनलाई पक्राउ गरेको हो । यसअघि पनि उनीविरुद्ध हाजीपुर प्रहरीमा उजुरी परेको समाचारमा उल्लेख छ ।

आफूलाई सामाजिक कार्यकर्ता बताउँदै आएकी किरणको फेसबुकमा १० लाखभन्दा धेरै फलोअर्स छन् । उनका पोस्टहरू प्राय विवादास्पद हुने गरेका छन् । उनको नाममा सामाजिक सञ्जालमा कैयौं फर्जी एकाउन्ट र ग्रुपहरू छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू