अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

नाइजेरियामा एक सातादेखि अपहरणमा परेका बालकमध्ये ३४४ जना मुक्त

बिआरटीनेपाल २०७७ पुष ३ गते ८:१४ मा प्रकाशित

उत्तरी नाइजेरियामा गत शुक्रबार विद्रोहीको अपहरणमा परेका बालकहरु अपहरणमुक्त भएका छन् । नाइजेरियामा संघर्षरत बोकोहरामले एक साताअघि एक विद्यालयबाट ती बालकहरु अपहरण गरेका थिए । काट्सिना राज्यका प्रवक्ताले ३४४ जना बालकहरु अपहरणमुक्त भएको बताउनुभयो ।

अझै केही विद्यार्थी अपहरणकारीको नियन्त्रणमै रहेको बताइएको छ । एक साताअधि नै बालकहरु अपहरण गरेपनि विद्रोहीले बिहीबार मात्र भिडियो सन्देश जारी गरेर उनीहरुको अवस्थाबारे जानकारी गराएको थियो । आफ्ना बालहरु अपहरणमा परेपछि स्थानीयले सरकारर्लाइ दवाव दिएका थिए ।

उनीहरुले आफ्ना बालकहरु सकुशल फिर्ता हुनुपर्ने भन्दै सरकारलाई दवाव दिएका थिए । यद्धपी अझै पनि विद्यार्थी अपहरणमा परेका र अपहरणमुक्त भए भन्ने सरकारी अधिकारीहरुसँग तथ्यांक नभएको बताइएको छ । अपहरणमुक्त भएका बालकहरुको स्वास्थ्य परीक्षण गरेर अभिभावकको जिम्मा लगाइएको छ । स्कुले विद्यार्थी अपहरणको घटनासँगै नाइजेरियामा सुरक्षा चिन्ता बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू