अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१० | Colorodo: 04:25

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर

बिआरटीनेपाल २०७७ पुष ३ गते ८:११ मा प्रकाशित

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिद प्रकरणमा थप छानबिन गरि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यमन्त्री भानुभक्त ढकाललाई बोलाएर छलफल गरेपछि लेखा समितिले यस्तो निर्णय गरेको हो ।

समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत खरिद प्रक्रियामा त्रुटी रहेको बताएको र महँगो मूल्यमा सामान किन्न जिम्मेवारी दिइएको तथा सामानमा गुणस्तर समेत नभएको भन्दै स्वास्थ्य सेवा विभागले नै खरिद प्रक्रिया रद्द गरेको अवस्थामा यसमा थप छानविन गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालेको थियो ।

यद्यपि समितिका सदस्यहरु नै यो विषयलाई त्यतिकै टुङ्गाउने कि छानबिनका लागि लेखी पठाउने विषयमा फरक फरक मत राखेका थिए । समितिले कोही पनि व्यक्ति किटान नगरी दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएको छ । यो निर्देशनसँगै ९ महिनादेखि लेखा समितिमा चल्दै आएको स्वास्थ्य सामाग्री खरिद प्रकरणको बहस सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू