अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१२ | Colorodo: 18:27

अध्यादेश फिर्ता नगरे कडा कदम चाल्ने प्रचण्ड– नेपाल समुहको चेतावनी

बिआरटीनेपाल २०७७ पुष ३ गते ८:०९ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समुहले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चालिने निष्कर्ष निकालेको छ । आज पेरिसडाँडामा प्रदेश १ का नेक पा नेताहरुसँग भएको छलफल पछि सो समुहले यस्तो निष्कर्ष निकालेको नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीको सहमति विपरित हरेक काम गरेको र पटक, पटक सहमति तोड्ने गरेको निष्कर्ष निकाल्दै सो अध्यादेश फिर्ता नलिए पार्टीले कडा कदम चालिने निष्कर्ष निकालिएको नेताहरुले बताएका छन् । भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न विभिन्न क्रियाकलापहरु गर्दै आएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले पटक, पटक पार्टी विभाजन को प्रयास गरेपनि आफुहरुले जोगाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीका अनुसार गरेको भए पार्टी उहिल्यै विभाजन भइसकेको हुने पनि प्रचण्डले बताउनुभएको छ । कार्यक्रममा नेता नेपालले पनि तुरुन्त अध्यादेश फिर्ता लिनुपर्ने अन्यथा कडा कदम चाल्न आफुहरु बाध्य हुने चेतावनी दिनुभएको खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू