अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६ | Colorodo: 07:01

एएनए निर्वाचन सम्पन्न -अध्यक्षमा विजय भट्टराई

बिआरटीनेपाल २०७७ पुष २ गते १३:३० मा प्रकाशित

टेक्सस । सन २०२१-२०२३ का निमित्त उत्तरी अमेरिका (अमेरिका तथा क्यानडा) मा रहेका नेपालीहरूको सबैभन्दा पुरानो राष्ट्रिय संस्था ‘एसोसिएसन ऑफ नेपलिज इन अमेरिका’ (एएनए) को अध्यक्षमा टेक्ससका विजयराज भट्टराई निर्वाचित भएका छन्। आगामी जनवरी १ बाट कमिटीले पदभार ग्रहण गर्नेछ।

कम्प्युटर इन्जिनियर विजयराज भट्टराई अमेरिकामा सामाजिक सेवामा निकै परिचित नाम हो। विगत १५/१६ वर्षदेखि अमेरिका बस्ती आएका उनी हालका एएनए महासचिव तथा तथा नेपाली समाज टेक्सस द्वारा सञ्चालित स्कुलको प्रिन्सिपल को भूमिका छन्।

यस अघि उनले नेपाली समाज टेक्सस, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को स्मार्ट एनआरएनए कमिटीमा , राष्ट्रिय समन्वय समिति अमेरिकाको विभिन्न कमिटीमा तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को विभिन्न जिम्मेवारीमा रहेर कार्य गरिसकेका छन्।

कमिटीमा विजय राज भट्टराई- अध्यक्ष, विजय कुमार श्रेष्ठ -वरिष्ठ उपाध्यक्ष, डा तुलसी धरेल -क्यानडाका लागि उपाध्यक्ष- शैलेन्द्र बहादुर खत्री – उपाध्यक्ष पूर्वीय क्षेत्र, डा दुर्गा दाहाल -पश्चिमी क्षेत्रका लागि उपाध्यक्ष, डा चुणामणि खनाल- महासचिव, विनय गौतम-सह सचिव, डा उषा शर्मा – कोषाध्यक्ष, राधाकृष्ण धमला -सहायक कोषाध्यक्ष र युवा संयोजक – लक्ष्मणलाल प्रधान रहेको जानकारी एएनए निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त भक्त थापाद्वारा प्रकाशित निर्वाचन नतिजामा जनाइएको छ ।

प्रतिक्रिया