अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

नायिका एलिजा गौतमले प्रत्येक जिल्लामा गरिब तथा असहायका लागि १०/१० घर बनाइदिने

बिआरटीनेपाल २०७७ पुष २ गते ७:०४ मा प्रकाशित

नायिका तथा मोडल एलिजा गौतमले सामाजिक कार्यको थालनी गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले एलिजा फाउण्डेशनमार्फत गरिब तथा असहायलाई सहयोग गर्ने उद्देश्यले देशका प्रत्येक जिल्लामा १०–१० वटा घर बनाउने घोषणा गर्नुभएको हो । साथै गौतमले पहिलो चरणको कार्य धादिङबाट सुरु गर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु। यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं। फाउण्डेशनले अहिले पनि विभिन्न सामाजिक कार्य गर्दै आएको कुरा यहाँहरुलाई सर्वविदितै छ। आउनुहोस् हातमा हात र काँधमा काँध मिलाएर यस सामाजिक कार्यको लागि सहकार्य गरौं।

“अहिले नगरे कहिले गर्ने ? र हामीले नगरे कसले गर्ने?’ भन्ने कुरालाई ध्यानमा राखेर हामी यो महान कार्यको लागि तयार भएका छौं। यो घोषणासँगै हामी पहिलो चरणको कार्य धादिङबाट सुरु गर्ने जानकारी गराउँछौं। हजुरहरुको अमूल्य साथ र सहयोगको अपेक्षासहित यो विशेष अनुरोध गरेको छु।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू