अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१७ | Colorodo: 13:32

न्युजिल्याण्डले किन्यो सबै नागरिकलाई पुग्ने कोरोना खोप, सित्तैमा लगाइने

बिआरटीनेपाल २०७७ पुष २ गते ७:०२ मा प्रकाशित

न्युजिल्याण्ड सरकारले देशका सबै नागरिकलाई पुग्ने गरी कोभिड- १९ विरुद्धको खोप खरिद गरेको छ। सरकारले बिहीबार मात्रै थप दुई खोप खरिद गरेसँगै पूरै जनसंख्यालाई सन् २०२१ को पछिल्लो ६ महिनामा खोप लगाउन सकिने भएको छ।

अहिलेसम्म न्युजिल्यान्डले चार विभिन्न उत्पादकबाट खोप किनेको छ। यससँगै उक्त देशले एक करोड ५० लाख खोप किनिसकेको छ। न्युजिल्यान्डको जनसंख्या ४१ लाख छ। पहिलो चरणमा कोभिडविरुद्ध अग्रपंक्तिमा रहेकालाई सन् २०२१ को अप्रिल र जुलाई महिनाभित्रमा खोप दिने सरकारको तयारी छ। न्युजिल्यान्डले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका, फाइजर र यानसेनबाट लगायतबाट पर्याप्त मात्रामा खोप खरिद गरिसकेको छ।

खरिद गरिएको खोप सबैलाई निःशुल्क उपलब्ध गराउने प्रधानमन्त्री जेसिन्डा आर्डर्नले बताउनुभएको छ । न्युजिल्यान्डमा हालसम्म जम्मा २१ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म २६ जना संक्रमितको मृत्यु भएको छ। यस्तै २ हजार ३२ जना संक्रमण मुक्त भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू