अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०० | Colorodo: 11:15

उखु किसानको पैसा नदिने श्रीराम सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

बिआरटीनेपाल २०७७ पुष २ गते ६:५७ मा प्रकाशित

तीन वर्षदेखि उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको रौतहटको श्रीराम सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा, विशाल अग्रवाल र पदमकान्त झाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।रौतहट प्रहरीको परिपत्र अनुसार उनीहरुको काठमाडौंमा खोजी भइरहेको प्रहरीले बताएको छ ।

आन्दोलनमा उत्रिएका उखु किसानसँग गतवर्ष सरकारले गरेको सम्झौता अनुसार भुक्तानी नपाएको भन्दै अहिले पनि किसान आन्दोलनमा छन् ।श्रीराम सुगर मिलले किसानको करोडौं रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । गृह मन्त्रालयले किसानको पैसा नदिने सुगर मिल सञ्चालकविरुद्ध कारबाही अगाडि बढाउन सम्बन्धित जिल्ला प्रशासनले निर्देशन दिएपछि प्रहरी सक्रिय भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू