अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

डब्लुएचओले कोरोना सुरु भएको चीनको वुहान शहरमा अनुसन्धान गर्ने

बिआरटीनेपाल २०७७ पुष २ गते ६:५९ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारी सुरु भएको चीनको वुहानको अनुसन्धान गर्ने भएको छ । डब्लुएचओले गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोना महामारीको उद्गम स्थल वुहान सहरमा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको टोली पठाएर अनुसन्धान गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

तर चीनले डब्लुएचओलाई कोरोना महामारीबारे स्वतन्त्र रुपमा छानविन गर्नका लागि भने अझै अनुमति नदिएको बताइएको छ । लामो समयदेखि डब्लुएचओले गरेको प्रयासअनुसार वुहानमा अनुसन्धानका लागि चीनले अनुमति दिएको हो । यसअघि जनावरहरुको काँचो मासुबाट कोरोना भाइरस सरेको बताइएको थियो ।

वुहान सहरमा जनावरहरुको अत्याधिक व्यापार र खपत हुने गरेको बताइएको छ । तर डब्लुएचओले अनुसन्धान नगरेसम्म त्यसको पुष्टि भने हुन बाँकी छ ।गत वर्ष नै अमेरिकाले चीनमाथि कोरोनाविरुद्धको खोप लुकाएको र कोरोनाको बारेमा जानकारी नदिएको आरोप लगाएको थियो ।राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारी नियन्त्रणका लागि सहयोग गर्ने बताएपनि चीनले ठाडै अस्वीकार गरेको थियो ।

यस्तै चीनको मात्र कुरा सुनेको भन्दै राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई दिइने आर्थिक सहायता रोक्नुभएको थियो । यता डब्लुएचओले वुहान भ्रमण गरेर अनुसन्धानकर्मीहरुको टोलीले आगामी दिनमा आउनसक्ने महामारी नियन्त्रणका उपायहरुबारे अनुसन्धान गरिने बताएको छ ।

गत डिसेम्बरमा वुहान सेन्ट्रल अस्पतालमा एक चिनियाँ चिकित्सक लि वेनलिङले नयाँ रोगको सम्भावित प्रकोपका बारेमा अनुसन्धान थालेको बताएलगत्तै चीन सरकारले हिरासतमा लिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू