अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

मल खरिदका लागि नेपाल र बंगलादेशबीच सम्झौता

बिआरटीनेपाल २०७७ पुष २ गते ६:४४ मा प्रकाशित

कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसन (बिसिआइसी) बीच ५० हजार मेट्रिक टन युरिया मल खरिद–बिक्री सम्बन्धी सम्झौता भएको छ । ४० हजार मेट्रिक टन मल बल्कमा (प्याक नगरिएको) र १० हजार मेट्रिक टन मल ब्याग्ड (प्याक गरिएको) किन्ने गरी सम्झौता भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकृत अरुण जिसीले जानकारी दिनुभयो ।

अधिकृत जिसीका अनुसार ४० हजार मेट्रिक टन बल्क मल खरिदका लागि प्रतिमेट्रिक टन २ सय ५९ दशमलव १ सय ९५ अमेरिकी डलरमा सम्झौता भएको छ भने १० हजार मेट्रिकटन ब्याग्ड मल खरिद गर्नका लागि प्रतिमेट्रिक टन थप ५ अमेरिकी डलर पर्नेगरी सम्झौता भएको हो ।

मल खरिदका विषयमा बंगलादेशसँग विस्तृत छलफल र सम्झौतापत्रमा हस्ताक्षर गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट सहसचिव कञ्चनराज पाण्डे, शाखा अधिकृत अरुण जिसी, कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालन नेत्र बहादुर केसी र निर्देशक विष्णु प्रसाद पोखरेल मंगलबार बंगलादेश जानुभएको थियो । बंगलादेशबाट मल ल्याउनका लागि कृषि सामग्री कम्पनी लिमिटेडले मलको ब्यागिङ र ढुवानीका लागि ठेक्का सम्झौता गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू