अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१७ | Colorodo: 11:32

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा डेभ वाटमोर नियुक्त

बिआरटीनेपाल २०७७ पुष २ गते ६:४० मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा डेभ वाटमोर नियुक्त हुनु भएको छ । सन् १९९६ मा श्रीलंकालाई प्रशिक्षकको रुपमा विश्वकप क्रिकेटको उपाधि जिताउनुभएका वाटमोर छनोटको लामो प्रक्रियापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त हुनु भएको हो ।

एक वर्षको सम्झौतामा वाटमोर मुख्य प्रशिक्षकमा नियुक्त हुनु भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । खुला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको क्यानले जनाएको छ । वाटमोरलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । नेपाल गएको फेब्रुअरीदेखि मुख्य प्रशिक्षकविहीन बनेको थियो ।

वाटमोरले अस्ट्रेलियाबाट सात टेस्ट, एक एकदिवसीय, लिस्ट एका २६, फस्ट क्लासका एक सय आठ म्याच खेलेका छन् । वाटमोरले सन् १९९६ मा श्रीलङ्कालाई विश्व कप जिताएका थिए । यसअघि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा जगत टमटाले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया