अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

२०३० को एसियन गेम्स कतारले आयोजना गर्ने

बिआरटीनेपाल २०७७ पुष २ गते ६:४० मा प्रकाशित

सन २०३० को एसियन गेम्स आयोजना गर्ने जिम्मा कतारले पाएको छ ।भोटिङका आधारमा कतारले एसियन गेम्सको जिम्मा पाएको हो । एसिएन गेम्स आयोजनाका लागि साउदी अरेबियाले पनि इच्छा देखाएको थियो ।

ओमानको मस्कटमा ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख अहमद फाद अल अहमद अल सबाहले सन २०३० को एसियन गेम कतारले आयोजना गर्न पाउने निर्णय सुनाएका थिए । यस्तै सन २०३४ को एसियन गेम्सको आयोजना भने साउदी अरेबियाले गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू