अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 22:43

दिग्गज द्यौरालीको शब्दमा सुनिल र समीक्षाको ‘केटो अलि कमाउने होस्’ गीत सार्वजनिक

बिआरटीनेपाल २०७७ पुष १ गते ९:०९ मा प्रकाशित

काठमाडौँ । गायक सुनिल कटुवाल र गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत केटो अलि कमाउने होस् सार्वजनिक गरिएको छ । दिग्गज द्यौरालीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।

गीतको भिडियोमा लोकप्रिय मोडल सुधिर श्रेष्ठ र श्रेया सिटौलासँगै अजय मगर र अस्मिता अधिकारीलाई देख्न सकिन्छ । उत्सव दाहालले खिचेको भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियो विशाल इन्टरटेनमेन्टको युट्युबमा हेर्न सकिन्छ ।

बुधवार राजधानीको बत्तिसपुतलीस्थित बिग फुडल्याण्डमा पत्रकार भेटघाट कार्यक्रम गरी सार्वजनिक गरिएको भिडियो नेप्सिनेको ब्यानरमा निर्माण भएको हो ।

गायक सुनिलले यस गीतबाट ठुलो आशा लिएको बताए । उनी यसअघिका गीत जस्तै दर्शकले मन पराउनेमा आशावादी छन् । सुनिलले गाएका दर्जनौँ गीत मध्ये ‘कपुरी क’, ‘ताराबाजी लैलै’ बोलको गीत चर्चित छन् । यस्तै दुई महिना अघि मात्रै सुनिलका ‘मुखैमा राम राम’ र ‘डिजिटल फोटो’ गीत सार्वजनिक भएका थिए ।

प्रतिक्रिया