अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३० | Colorodo: 21:45

अझै लगानीको वातावरण बन्न सकेन: उद्योगपति चौधरी

बिआरटीनेपाल २०७७ पुष १ गते ८:४१ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले नेपालमा अझै लगानीको वातावरण बन्न नसकेको बताए । उद्योगपति चौधरीले बुधवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अर्थनीति बहसको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । उनले सरकारले निजी उद्योगी व्यवसायीलाई हेर्ने नकारात्मक सोचका कारण नेपालमा लगानीको वातावरण बन्न नसकेको बताए ।

नेपालमा लगानी लगाउन चाहने र नयाँ युवाहरू उद्यमशील बन्न चाहना भएता पनि उपयुक्त वातावरण नहुँदा नेपालमा आर्थिक क्षेत्रका विकास हुन नसकेको उनको भनाई छ । उनले निजी औद्योगिक क्षेत्रको विकासका लागि ऐन कानुन नीति नियम बनाउने कानुनी निर्माताहरूको सोचमा सकारात्मक परिवर्तन नआएसम्म नेपालमा लगानीको सहज वातावरण बन्न नसक्ने बताए ।

उद्योगपति चौधरीले ४५ वर्ष लामो उद्योग क्षेत्रमा काम गरेको अनुभाव सुनाउँदै भने,‘ नेपालमा धेरै जस्तो कानुन औद्योगिक क्षेत्रको विकासका लागि बाधक बनेका छन् । उद्योगी व्यवसायीहरू प्रति नेपालमा कानुन बनाउने निर्माताहरूको हेर्ने दृष्टि नै गलत हुने हुँदा ऐन कानुन नीति नियमले उद्योगी व्यवसायीलाई बान्धने गरेका भएको छ । उनले भने, यदि देशमा लगानीको वातावरण बनाएर औद्योगी क्षेत्रको विकास गरी बिदेसिएका युवाहरूलाई स्वदेशमै रोजगारी सृजना गर्ने हो भने कानुन बनाउनु निर्माताहरूको सोचमा परिवर्तन ल्याउनु पर्छ ।

जुन उद्योगीले आफ्नो जीवनकाल उद्योगमा बितायो उ केही नजान्ने । तर, ऐन कानुन बनाउने उद्योगीलाई यसरी सोच्छन् कि उद्योगी केही जान्दैन । यसलाई केही थाहा हुँदैन भन्ने अहिलेको मानसिकता अन्त्य नभए सम्म देशमा नयाँ नयाँ लगानीकर्ताको जन्म हुँदैन । उनले भने, ‘देशमा कानुन कसरी बन्छ भन्ने सबैलाई थाहा छ । म आफैँ दुई पटक कानुन बनाउने ठाउँमा पुगिसकेको छु । ‘नियन्त्रण गर्ने मासिकता र नकारात्मक सोच देशको आर्थिक विकास हुँदैन । जबसम्म यस्ता सोचबाट मुक्ति पाइँदैन तबसम्म मुलुकले आर्थिक रूपमा फड्को मार्न सक्दैन ।’

यसै गरी उनले ऐन कानुन निर्माताहरूमा पनि दक्षता हुनुपर्ने बताए । पुरानो सोचलाई परिवर्तन गर्ने पर्छ । उनले भने, आर्थिक क्षेत्रको विकासका लागि कानुनी सहजता हुनु आवश्यक छ । अन्य देशको कुरा गर्दा हाम्रो जस्तो कानुनी बाधाहरू छैन । उद्योगी व्यवसायलाई कानुनले बाधने भन्दा पनि सहजीकरण गरी दिए मात्र विदेशी वा स्वदेशी लगानी बढ्छ । हाम्रो देशमा सधैँ कानुनी अर्चन आइनै रहने हुने भने औद्योगी क्षेत्र विकासका जति कुरा गरे पनि हुने बाला छैन । उनले भने, ‘आफू उद्योग क्षेत्रमा लागेको ४५ वर्ष भइरहेको छ । तर, नेपालमा अझै कानुनी समस्या उस्तै छन्, । कानुनी बाधा अर्चनका बाजुत पनि २०४६ साल पछि निजी क्षेत्र आर्थिक विकासमा ठुलो परिवर्तन ल्याएको छ । विभिन्न क्षेत्रमा लगानी लगाएका छन् । पर्यटन, शिक्षा औषधीजन्य कृषि लगायतका क्षेत्रमा लगानी बढेको छ, । नेपालमा लगानी लगाउन सक्ने क्षेत्रहरू धेरै नै छन् । तर, सहज वातावरण बन्न सकेको छैन ।

उनले भने, ‘पछिल्लो समय नेपालीहरू पनि स्वदेशमै केही उद्यमशील बन्न चाहन्छ । तर, उनीहरूलाई उद्यमशील बन्ने उपयुक्त वातावरण सरकारले दिन सकेको छैन । नयाँ नयाँ प्रविधिसँग जोडिएर नेपाली युवाहरू उद्यमी बन्न तर्फ लागेका छन् । उनीहरूको प्रोत्साहनका लागि सरकारले केही भूमिका देखिँदैन । राम्रो वातावरण नहुँदा धेरै युवाहरू निराश हुने परेको छ । उद्योगपति चौधरीले भने, धेरै भन्दा धेरै युवाहरूलाई उद्यमशील बनाउन सरकारले युवाहरूलाई प्रशिक्षणका कक्षहरू सञ्चालन गर्नुपर्छ । कतिपय युवाहरू उद्यमी बन्न चाहेर पनि सही दिशा निर्देशन गर्ने मान्छे नहुँदा अन्य क्षेत्र लाग्नु पर्ने बाध्यता छ । देशको आर्थिक विकास र स्वदेशमै रोजगारी सृजर्ना गर्न सरकारले युवा जनशक्तिलाई उद्यमशीलको प्रशिक्षण कार्यक्रम सञ्चालन पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू