अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

“तत्काल संसद बैठक बोलाउ” – नेपाली कांग्रेस

बिआरटीनेपाल २०७७ पुष १ गते ६:३४ मा प्रकाशित

नेपाली कांग्रेसले तत्काल संघीय संसदको बैठक बोलाउन माग गरेको छ । कांग्रेसका वर्तमान र पूर्वपदाधिकारीहरुको काठमाडौंमा बसेको बैठकले तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग माग गरेको हो ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको नेताहरुको बैठकले तत्काल संसद बैठक बोलाएर वर्तमानमा देखिएका समस्याहरुको समाधान खोज्नुपर्ने माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।

नेताहरुबीच करिब तीन घण्टा छलफलमा भएको शर्माले जानकारी दिनुभयो । कांग्रेसले सरकारले जारी गराएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन पनि माग गरेको छ । उसले मंसिर २९ गते सरकारविरूद्धको प्रदर्शनमा सहभागि भएका सबैलाई धन्यवाद पनि दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू