अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३५ | Colorodo: 03:50

तमुधिं युकेको नेतृत्वमा हित काजी गुरुङसहित सिङ्गो समिति निर्विरोध

बिआरटीनेपाल २०७७ मंसिर ३० गते २०:१९ मा प्रकाशित

लन्डन, २९ मङ्सिर । तमुधिं युकेको नेतृत्वमा हित काजी गुरुङ निर्वाचित भएका छन् । बेलायतमा सबैभन्दा ठुलो नेपाली संस्थाको रूपमा चिनिने तमुधिंको सबै कार्यसमिति निर्विरोध भएको हो । संस्थाको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका गुरुङ आउँदो कार्यकालका लागि निर्विरोध चुनिएका हुन् ।

उनीसहित २९ जनाको सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो । त्यस्तै, तीन उपाध्यक्षमा हरि गुरुङ, जुमकाजी गुरुङ र तुलाराम गुरुङ रहेका छन् । त्यस्तै, नयाँ कार्यसमितिको महासचिवमा परशुराम गुरुङ निर्विरोध भएका छन् । वर्तमान कार्यसमितिमा सचिव रहेका उनी लमजुङ समाज युकेका पनि सचिव हुन् । तमुधिं युकेको कोषाध्यक्षमा व्यवसायी कमल कोने गुरुङ आएका छन् । उनी अहिलेको कार्यसमितिका सह कोषाध्यक्ष हुन् । नयाँ कार्यसमितिको खेलकुद संयोजक क्या देव घले छन् । उनले विगत तीन कार्यकाल उक्त पदमा रहेका क्या पीताम्बर गुरुङलाई प्रतिस्थापन गर्नेछन् । तमुधिं युकेको ११ औँ महाधिवेशन यही डिसेम्बर २० तारिख ‘भर्चुअल’ रूपमै हुँदैछ । त्यही अधिवेशनले औपचारिक रूपमा नयाँ कार्यसमितिलाई अनुमोदन गर्नेछ । दैनिक नेपाल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू