अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

विश्वभर कोरोना संक्रमणबाट १६ लाखको मृत्यु, ७ करोडमा संक्रमण

बिआरटीनेपाल २०७७ मंसिर ३० गते ६:५४ मा प्रकाशित

विश्वभरमा पाँच करोड १२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । हालसम्म ५ करोड १२ लाख ९० हजार तीन सय ३६ जना संक्रमित कोरोनामुक्त भएका हुन् । अहिलेसम्म विश्वमा सात करोड ३१ लाख ७० हजार तीन सय २७ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १६ लाख २७ हजार दुई सय ३९ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड दुई लाख ५२ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ६९ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ९८ लाख ५२ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख सात हजार नौं सय ९४जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९९लाख ६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९४ लाख २१ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४३ हजार सात सय ४६ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू