अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

“संसद छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक” – सभापति देउवा

बिआरटीनेपाल २०७७ मंसिर ३० गते ६:४६ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताउनुभएको छ । सरकारले संवैधानिक परिषद् अध्यक्षसहित वहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ट्वीट गर्दै देउवाले यसबाट सर्वसत्तावादी सोच प्रष्टिएको उल्लेख गर्नुभएको छ ।

‘उपसभामुख पद खाली राखेर सभामुखजस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद छ’–सभापति देउवाको ट्वीटमा भनिएको छ । त्यसैगरी, कांग्रेस नेता राधेश्याम अधिकारी र गगन थापाले अध्यादेश संवैधानिक मर्मविपरीत भएको टिप्पणी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू