अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 18:15

“अर्को विनासकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाउँ ”- डा. भट्टराई

बिआरटीनेपाल २०७७ मंसिर ३० गते ६:२३ मा प्रकाशित

जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धि अध्यादेशको विरोध गर्नुभएको छ । नेता भट्टराईले वलिदानमार्फत् स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त भन्ने प्रश्न गर्नुभएको छ ।

उहाँले अर्को विनाशकारी अध्यादेशअघि नै संसद अधिवेशन बोलाउँ भनेर माग समेत गर्नुभयो । ‘त्यसै त निम्छरा संवैधानिक आयोग, अब अध्यादेशमार्फत् बनेको तीनजनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान् ? त्यत्रो वलिदानमार्फत् स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त ? अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाउँ,’ नेता भट्टराईले ट्विटमा भन्नुभएको छ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएपछि चौतर्फी विरोध भएको छ । राष्ट्रपति भण्डारीले मंगलबार दिउसो बहुमत सदस्यको उपस्थितिमै परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश जारी गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू