अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

कांग्रेसले बोलायो पदाधिकारी बैठक

बिआरटीनेपाल २०७७ मंसिर ३० गते ६:२१ मा प्रकाशित

राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेसले बुधबार पदाधिकारी बैठक बोलाएको छ । एक बजे बोलाइएको बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी उपस्थित हुने छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार र प्रधानमन्त्रीको इच्छाअनुसार राष्ट्रपति चलेको भन्दै यसको विरोध गरिने बताउनुभयो । ’अध्यादेश, सरकारको सर्वसत्तावादी रवैया र राष्ट्रपतिको भूमिकाको विषयमा समेत छलफल गरेर पार्टीभित्र साझा धारणा बनाउन पदाधिकारीको बैठक गर्न लागिएको हो,’ नेता पौडेलको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू