अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक

बिआरटीनेपाल २०७७ मंसिर ३० गते ५:५२ मा प्रकाशित

यूरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनल अर्थात राउण्ड अफ सिक्सटिनको खेल तालिका सार्वजनिक भएको छ ।यूरोपियन फुटबलको सर्वोच्च निकाय युएफाले सोमबार निकालेको तालिका अनुसार स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पी.एस.जी) सँग खेल्नेछ ।

साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब लाजियोसँग खेल्नेछ ।स्पेनको रियल मड्रिडले इटालीको एट्लान्टासँग खेल्दा जर्मनीको बोरुसिया डर्टमण्डले स्पेनको सेभियालाई प्रतिद्धन्दी पाएको छ ।

इंग्लिस क्लब लिभरपुलले जर्मनीको आर.बी लेप्जीगसँग खेल्दा इटालीको युभेन्ट्सले पोर्चुगिज क्लब पोर्टोसँग, इंग्ल्याण्डको चेल्सीले स्पेनको एट्लेटिको मड्रिडसँग तथा म्यानचेस्टर सिटीले जर्मनीको बोरुसिया एम्ब्याचसँग खेल्नेछ । राउण्ड अफ सिक्सटिनका खेलहरु फेब्रुअरी १६ बाट सुरु हुनेछ ।

प्रतिक्रिया