अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५१ | Colorodo: 07:06

गायिका सपना श्री र गायक प्रेम सेन्चुरीको जीवन यहाँ यस्तै छ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७७ मंसिर २९ गते २१:१९ मा प्रकाशित

गायिका सपना श्री र गायक प्रेम सेन्चुरीको स्वरमा “जीवन यहाँ यस्तै छ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको शब्द, सङ्गीत प्रेम सेन्चुरीको रहेको छ ।

उदयपुर मिडिया हबको पहिलो प्रस्तुति उक्त म्युजिक भिडियोमा कलाकारहरू अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश प्रदेशी, दिनेश राई(कान्छा) तथा गायक प्रेम सेन्चुरीले समेत अभिनय गरेका छ्न् । यस म्युजिक भिडियोको निर्देशन प्रेम जङ्ग किराँतीले गरेका हुन् ।

यस गीतलाई अमेरिका र उदयपुर जिल्लाकै चौदण्डिगढी नगरपालिकाको गढन्तामा छायाङ्कन गरिएको छ ।

उदयपुर, चौदण्डिगढी नगरपालिकामा औपचारिक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको उक्त गीत लोकार्पण कार्यक्रम नगर प्रमुख खगेन्द्र राईको प्रमुख आतिथ्यमा भएको थियो भने वडा अध्यक्ष तेजराज तिमल्सिना, ज्योति मा.बि.का प्र.अ. राजकुमार ओझा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन कार्की, स्थानीय नेताहरू कान्ता राई, पर्वत दाहाल, शम्भु ल्वागुन, स्थानीय गायक शशिचन्द्र राई, संदिप मोते, सुरेश चौधरी, मिथुन ठाकुर अतिथि हुनुहुन्थ्यो ।

साङ्गीतिक माहौलले भव्य तताइएको उक्त म्युजिक भिडियो लोकार्पण कार्यक्रममा बेल्टार बजार बोलको गीतमा उपस्थित दर्शकलाई गायक संदिप मोतेले जुरुक्क जुरुक्क उफारेका थिए भने स्थानीय पुराना गायक समाजसेवी शशिचन्द्र राईले समुन्द्रको छाल जस्तै बोलको गीतले भावुक बनाएका थिए भने उपस्थिति आम अतिथिलाई चौदण्डिग्रुपले गितार बजाएर पप गीत गाएर सुनाएका थिए।

जीवन यहाँ यस्तै छ बोलको गीत लोकार्पण सँगै मन्तव्य राख्ने क्रममा वडा अध्यक्ष तेजराज तिमल्सिनाले यस्ता म्युजिक भिडियो स्थानीय स्तरमै बन्नु नगर कै गौरवको कुरा रहेको भन्दै अबका दिनमा नगरले यस्ता गहनालाई उचाइमा पुर्‍याउन नगरले आफ्नो वार्षिकमा बजेट नै छुटाउनु पर्नेमा जोड दिएका थिए ।

मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि एवं नगर प्रमुख खगेन्द्र राईले यस गीतका सम्पूर्ण कलाकालाई बधाई दिँदै आगामी दिनमा यस प्रकारका गीत तथा म्युजिक भिडियोलाई नगरले प्रोत्साहन गर्ने भन्दै उदयपुर मिडिया हबलाई राम्रो कार्य गरेर अघि बढे आगामी दिनमा नगर जस्तोसुकै साथ सहयोग रहने प्रतिबद्धता ब्याक्त गर्नु भएको थियो ।

प्रतिक्रिया