अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०४ | Colorodo: 17:19

गुगलको प्रोडक्ट जिमेल, युट्युबलगायतमा समस्या

बिआरटीनेपाल २०७७ मंसिर २९ गते ६:५७ मा प्रकाशित

सर्वाधिक सर्च इन्जिन गुगलको उत्पादक जिमेल, युट्युब, ड्राइभ र क्लासरुमा समस्या देखिएको छ। गुगलको सर्भरमा समस्या देखिएपछि गुगलको प्रडक्डमै समस्या देखिएको डाउनडिरेक्टरले जनाएको छ। डाउन डिरेक्टरका अनुसार जिमेलमा लग इनमा ७८ प्रतिशत, वेब साइटमा १५ प्रतिशत र म्यासेजमा ५ प्रतिशत समस्या रहेको छ। यद्यपि कतिपय स्थानमा समस्या समाधान भईसकेको जनाईएको छ ।

यसका साथै युट्युबमा पनि भिडियो नचल्ने समस्या देखिएको छ। युट्युबको बेबसाइटमा ४८ प्रतिशत, भिडियोमा ४४ प्रतिशत र लग इनमा ६ प्रतिशत समस्या रहेको डाउन डिरेक्टरले उल्लेख गरेको छ। युट्युबको भिडियो नचलेपछि प्रयोगकर्ताहरुले आक्रोश पोखिरहेका छन्। उनीहरुले आफूहरुले तत्काल भिडियो हाल्न नपाएको गुनासो पोखेका छन्।

यस्तै गुगल ड्राइभमा पनि समस्या आएको छ। ड्राइभको एप लोडिङमा ८१ प्रशतित समस्या आएको छ भने लग इनमा १५ प्रतिशत फाइल सिङकिङमा २ प्रतिशत समस्या देखाएको छ भने गुगल क्लासरुममा पनि समस्या देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू