अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१३ | Colorodo: 18:28

टोटनह्याम र क्रिष्टल प्यालेसले बराबरी खेले, लिभरपुललाई रोक्यो फुल्हमले

बिआरटीनेपाल २०७७ मंसिर २९ गते ६:५४ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको टोटनह्याम हट्सपरलाई क्रिष्टल प्यालेसले १–१ गोलको बराबरीमा रोकेको छ ।गएराति क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा पाहुना टोली टोटनह्यामका ह्यारी केनले पहिलो गोल गरे ।८१ औं मिनेटमा प्यालेसका जेफ्रे स्लपले एक गोल गर्दै खेल बराबरी गरेका हुन् । गएराति भएको अर्को खेलमा लिभरपुल पनि बराबरीमा रोकियो ।

तालिकामा दोस्रो स्थानमा रहेको लिभरपुललाई फुल्हमले १–१ गोलको बराबरीमा रोकेको हो ।गएराति आर्सनललाई बर्नलेले १–० ले हराउँदा लेष्टर सिटीले ब्राइटनमाथि ३–० को जित निकाल्यो ।यसैंगरी साउथह्याप्टनले शेफिल्ड युनाइटेडलाई ३–० ले पराजित ग¥यो । गएरातिका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटबलमा १२ खेलबाट २५ अंक जोडेको टोटनह्याम शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको लिभरपुलको पनि समान २५ अंक छ ।

२४ अंकसहित लेष्टर सिटी तेस्रो स्थानमा उक्लिँदा २३ अंक जोडेको साउथह्याम्पटन चौथो तथा २२ अंकसहित चेल्सी पाँचौ स्थानमा झरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू