अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०५ | Colorodo: 04:20

७ करोड भ्रष्टाचार गरेको अभियोगमा लेखा अधिकृतविरुद्ध मुद्दा

बिआरटीनेपाल २०७७ मंसिर २९ गते ६:५३ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चितवन भरतपुरका लेखा अधिकृतविरुद्ध सात करोड रकम हिनामिना गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगले सोमबार तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीसहित तीनजना उपर राजस्व चुहावट एवं हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो।

आयोगले अनुसन्धानको क्रममा तत्कालीन लेखा अधिकृत दर्जीले राजश्व बापत उठेको सात करोड आठ लखा १७ हजार ३७ रुपैयाँ सम्बन्धित बैंकमा डिपोजिट नगरी आफ्नै खातामा राखेको, नक्कली भौचार बनाएको र कार्यालयको छाप दुरुपयोग गरेको पुष्टि हुन आएको दाबी गरेको छ।

दर्जीले हिनामिना गरेको रकममध्ये दुई करोड ५८ लाख तीन हजार दुई सय ३१ रुपैयाँ लेखा परीक्षणका क्रममा कार्यालयकै खातामा पछि दाखिला गरेको पाइएको छ। आयोगले बाँकी चार करोड ५० लाख १३ हजार ८ सय ६ रुपैयाँ असुल गर्न माग गर्दै अभियोगपत्र विशेष अदालत काठमाडौँमा दायर गरेको हो।

त्यस्तै भरतपुरमै कार्यरत सुब्बा आयोगले अर्का सुब्बा बलराम सापकोटाले बैंक दाखिला गर्नुपर्ने रकम ५८ लाख ४३ हजार आठ सय ६ रुपैयाँ हिनामिना गरेको अभियोग लगाएको छ। अख्तियारले अर्का सुब्बा मनोज कुमार निरौलाले मुद्दा फाँटमा संकलित राजस्व रकममध्ये चार लाख ७१ हजार ६ सय १८ रुपैयाँ हिनामिना गरेको आयोगको अभियोग दाबी छ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू