अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३४ | Colorodo: 18:49

भारतमा राजमार्ग बन्द गरेर किसान सडकमा

बिआरटीनेपाल २०७७ मंसिर २९ गते ६:४९ मा प्रकाशित

भारतमा केन्द्र सरकारले ल्याएका कृषि सम्बन्धी तीन नयाँ कानूनको विरोधमा आन्दोलन चर्काएका किसानहरुले आज दिल्ली जयपुर राजमार्ग बन्द गरेका छन् ।यस्तै हरियाणाबाट दिल्ली आउने सबै सडकमा किसानले प्रदर्शन तथा धर्ना दिइ सवारी साधन आवागमनमा रोक लगाएका छन् ।

आन्दोलित किसानहरुले राजमार्गको बीच बाटोमा बसेर प्रदर्शन गर्दा त्यस क्षेत्रको यातायात व्यवस्था अस्तब्यस्त बनेको छ ।आन्दोलनको १८ औं दिनमा उनीहरुले सरकारलाई दबाब दिने उद्देश्यसहित आन्दोलनको गर्दै आएका हुन् ।

आन्दोलनकै क्रममा सरकार र किसानका प्रतिनिधिबीच भएका वार्तामा कुनै सहमति भएको छैन ।आन्दोलनमा पञ्जाब, हरियाणा, राजस्थान, महाराष्ट्र, गुजरातसहितका राज्यका किसानहरु सहभागी भएका छन् । सरकारले ल्याएका तीन कृषि कानून किसान विरोधी र व्यावसायिक घरानालाई पोस्ने खालको रहेको आन्दोलित किसानको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू